विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १६, आईतबार (३ घण्टा अघि)
  • ५० पटक पढिएको
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, १७ फाल्गुन। विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुनसरीको दुहबी नगरपालिका-१२ पुर्वकुशाहास्थित सडकमा को.३६ प ३२२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१२ बस्ने ६५ वर्षीय गम्भीर लाल उराव र सोही नगरपालिका-१२ बस्ने ६० वर्षीय कैयालाल चौधरीको शनिबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका गम्भीर लालको विराट मेडिकल टिचिङ अस्पताल बुढीगंगामा र कैयालालको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी लम्जुङको बेसीशहर नगरपालिका-२ मनकामना टोलस्थित सडकमा ग.३ च ९१३ नम्बरको जिपको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-२ बस्ने ५० वर्षीया मंगली सुवेदीको शनिबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धममा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस