सातामा दुई दिन बिदाको असर: सिभिल अस्पतालमा बिरामीको अत्यधिक चाप

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ८, मंगलबार (५ घण्टा अघि)
  • ८७ पटक पढिएको
सातामा दुई दिन बिदाको असर: सिभिल अस्पतालमा बिरामीको अत्यधिक चाप

काठमाडौं, ०८ वैशाख। सातामा लगातार दुई दिन बिदाले काठमाडौंको सिभिल अस्पतालमा पनि थेगीनसक्नु भिड भएको छ ।

सिभिल अस्पतालमा आज बिहान ओपीडी टिकट लिन गएका बिरामी र तिनका आफन्तहरुको लाइन फनफनी घुमेर क्यान्टिनभन्दा परसम्म पुगेको छ । लामो समयसम्म लाइनमा बस्दा हैरान भएको उनीहरुले बताएका छन् ।

ओपीडी टिकट लिन सिभिल अस्पतालको लाइनमा बसेका एक बिरामीले दुई–तीन दिनदेखि अनलाइन टिकट काट्ने प्रयास गरे पनि सफल नभएको बताए । अस्पतालका एक कर्मचारीले भने एक–दुई दिनमै समस्या समाधान हुने आश्वासन दिए ।

सिभिल अस्पतालमा अनलाइनबाट टिकट काटे पनि ओपीडी टिकट लिन फेरि लाइन लाग्नुपर्ने बाध्यता रहेको बिरामीहरुको गुनासो छ ।

अहिले सिभिल अस्पतालको बहिरङ्ग विभागको प्राय सबैजसो ढोका अगाडि बिरामीहरुको भिड भद्रगोल जस्तो देखिएको छ ।

सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय कार्यान्वयन गरेसँगै त्यसको भोलि र पर्सिपल्टसम्म सेवाग्राहीको चाप अत्यधिक हुने गरेको अस्पतालका चिकित्सक तथा कर्मचारीहरु बताउँछन् । भिड व्यवस्थापन हुन नसक्दा स्वास्थ्य उपचार जस्तो अत्यावश्यक सेवा लिन सास्ती खेप्नु परिरहेको छ ।

सातामा दुई दिन बिदाले बीर लगायतका अन्य सरकारी अस्पतालहरुमा पनि ओपीडीमा थेगिनसक्नु बिरामीको भिडले सेवा झनै भद्रगोल अवस्थामा छ ।

नयाँ सरकार बनेपछि ‘लाइन होइन अनलाइन’ भन्नेहरुलाई सिभिलको लामो लाइनले गिज्याएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस