अवैध हतियार र लागूऔषधसहित कारोबारी राजधानीबाट समातिए

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १८, शुक्रबार (१ घण्टा अघि)
  • ३३ पटक पढिएको
अवैध हतियार र लागूऔषधसहित कारोबारी राजधानीबाट समातिए

काठमाडौं, १८ वैशाख। काठमाडौँको बुढानीलकण्ठसहित विभिन्न स्थानबाट लागुऔषध नियन्त्रण ब्यूरोले हतियार र ठुलो परिमाणमा प्रतिबन्धित औषधिसहित चार जनालाई पक्राउ गरेको छ। लागुऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा कोटेश्वरबाट खटिएको ब्यूरोको टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट १६ हजार ७ सय ५० क्याप्सुल ट्रामाडोल बरामद गरेको छ। पक्राउ पर्नेहरूमा बुढानीलकण्ठ नगरपालिका–५ का २३ वर्षीय कबिर देउला, ४२ वर्षीया सबिना पोडे र २६ वर्षीय संसार सिटौला रहेका छन्। त्यस्तै, ललितपुरको गोदावरी नगरपालिका–११ का २६ वर्षीय सुवास शाहीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनीहरूले लागुऔषध ओसारपसारका साथै अवैध हतियारसमेत बोक्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रहरीले कारोबारीको साथबाट एक थान पेस्तोल, तीन थान म्याग्जिन, चार राउन्ड गोली र एसएलआरमा प्रयोग हुने दुई राउन्ड गोलीसमेत बरामद गरेको छ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध र हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस