ब्यारेक भत्काएर देखाउन सरकारलाई सीके राउतको चुनौती

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २२, मंगलबार (२ महिना अघि)
  • १०१ पटक पढिएको
ब्यारेक भत्काएर देखाउन सरकारलाई सीके राउतको चुनौती

काठमाडौं, २२ वैशाख। जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारको पछिल्लो कदमप्रति आपत्ति जनाउँदै सेनाको ब्यारेक भत्काएर देखाउन चुनौती दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै राउतले सार्वजनिक विद्यालयमाथि गरिएको कारबाहीप्रति प्रश्न उठाएका छन्। उनले लेखेका छन्, “सार्वजनिक विद्यालय यदि सेना लगाएर सरकारी जग्गाबाट भत्काउने हो भने सेना चाहिँ कुन जग्गामा बसेको छ? छुनै नहुने अति संरक्षित वन (जङ्गल) भित्र सैकडौं हजारौँ रोपनी मिचेर होइन?”

उनले सरकारमाथि गरीब तथा सुकुम्वासीमाथि मात्र कडाइ देखाएको आरोप लगाएका छन्। राउतले थप लेखेका छन्, “गरीब सुकुम्वासी पढ्ने झुप्रो भनेर हेप्न र भत्काउन सजिलो होला, हिम्मत भए संरक्षित र संवेदनशील वनजंगल तथा क्षेत्रहरूबाट सेनाका ब्यारेकहरू भत्काएर देखाऊ, गरीबमारा सरकार।”

ताजा अपडेट

खोजी गर्नुहोस