हतियारसहित भारतीय नागरिक पक्राउ, कटुवा पेस्तोल बरामद

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ २७, बुधबार (३ घण्टा अघि)
  • ४२ पटक पढिएको
हतियारसहित भारतीय नागरिक पक्राउ, कटुवा पेस्तोल बरामद

कैलाली, २७ जेठ। कैलालीको धनगढी उपमहानगरपालिका-५ सत्कार चोक नजिक एक घरको कोठाबाट कटुवा पेस्तोल तथा विभिन्न शङ्कास्पद सामान सहित एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई हाल सत्कार चोक नजिक डेरा गरी बस्ने २४ वर्षीय साहिल खान रहेका छन् ।

मंगलबार राति २२:२५ बजे विशेष सूचनाको आधारमा प्रहरीले खानको कोठामा चेकजाँच गर्दा कटुवा पेस्तोल १ थान, रेन्च १ थान, चाँदीको करुवा १ थान, चाँदीजस्तो देखिने घाँटीमा लगाउने माला २ थान, टर्चलाइट २ थान, फलामको रड १ थान, डिजिटल काटा १ थान र खुकुरी १ थान बरामद गरेको हो ।

बरामद सामान सहित पक्राउ परेका खानलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस