कलैया–वीरगञ्ज सडक दुर्घटना : मृतक १९ वर्षीय युवकको पहिचान खुल्यो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २६, शुक्रबार (२ घण्टा अघि)
  • ४७ पटक पढिएको
कलैया–वीरगञ्ज सडक दुर्घटना : मृतक १९ वर्षीय युवकको पहिचान खुल्यो

बारा, २६ भदौ। कलैया उपमहानगरपालिका–२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट मृत्यु भएका पैदलयात्री युवकको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार दुर्घटनामा मृत्यु हुनेमा प्रसौनी गाउँपालिका–५ प्रसौनी टोल निवासी १९ वर्षीय अलोक कुमार साह रहेका छन्। मृतकका बुबा सुभाष कुमार साहले शुक्रबार बिहान परवानीपुरस्थित एलएस न्युरो अस्पताल पुगेर शव आफ्नो छोरा अलोकको भएको पहिचान गरेका हुन्।

प्रहरीका अनुसार बिहीबार राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका साहलाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका साहलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैया लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएको थियो। उपचारकै क्रममा राति १०ः३५ बजे साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए।

प्रवक्ता घलेका अनुसार दुर्घटनामा संलग्न सुमो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस