नवनियुक्त उद्योगमन्त्री साहले सम्हाले पदभार

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २६, शुक्रबार (१ घण्टा अघि)
  • ४८ पटक पढिएको
नवनियुक्त उद्योगमन्त्री साहले सम्हाले पदभार

जनकपुरधाम, २६ भदौ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिए लगत्तै उनको स्थानमा सुनसरी–४ बाट निर्वाचित दीपककुमार साह नियुक्त भएका छन् ।

साहले बिहीबार नै पदीय जिम्मेवारी सम्हालेका छन् । पार्टी बनाउँदै र छोड्दै हिँडेका नवनियुक्त उद्योग मन्त्री साहले जनमत पार्टीमा अत्यन्त प्रभावशाली नेताको रुपमा रहेका थिए । उनले जनमत पार्टी गठन गर्न महत्वपूर्ण भूमिका खेलेका थिए ।

जनमत पार्टी गठन गर्ने बेला डा. सीके राउतका सारथी साह रास्वपा सांसद हुँदै मन्त्री बनेका छन् । मन्त्री साहको सामु पनि ग्यास लगायतको समस्या समाधान गर्न प्रमुख चुनौती रहेको छ । काठमाण्डुमा ग्यासको चरम अभाव देखिएको छ । त्यसलाई समाधान गर्न नसकेकै कारणपनि यादवलाई राजिनामा गर्नु परेको हो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस