च्यासलमा एमाले पुनर्गठन कार्यदल जुट्यो, महत्वपूर्ण विषयमा छलफल

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र २६, शुक्रबार (२१ मिनेट अघि)
  • ३४ पटक पढिएको
च्यासलमा एमाले पुनर्गठन कार्यदल जुट्यो, महत्वपूर्ण विषयमा छलफल

काठमाडौं, २६ भदौ। नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक सुरु भएको छ ।

केन्द्रीय मुख्यालय च्यासलमा सुरु भएको बैठकमा पार्टी पुनर्गठन सुझाव संकलन प्रतिवेदनमाथि छलफल हुनेछ ।

कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलले अलग-अलग प्रतिवेदन तयार पारेका छन् ।

दुवै प्रतिवेदनमाथि कार्यदलको बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

गत २१ फागुनको निर्वाचनमा एमालेले नराम्रो पराजय बेहोरेपछि प्रदेश स्तरीय कार्यक्रम राखेर समीक्षा एवं पुनर्गठन सुझाव संकलन गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस