लागुऔषध कारोबारी पक्राउ गर्न सिरहामा प्रहरीद्वारा हवाई फायर

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक १३, बिहिबार (१ घण्टा अघि)
  • ४४ पटक पढिएको
लागुऔषध कारोबारी पक्राउ गर्न सिरहामा प्रहरीद्वारा हवाई फायर

सिरहा ,१२ कात्तिक।  सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

सिरहा नगरपालिका–१३ स्थित मल्हनियाबाट दुई जनालाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्यूरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू ४४ वर्षीय लाल बाबु सिंह र २६ वर्षीय धमेन्द्र दास छन् । आरोपीहरूको साथबाट ३१२ ग्राम खैरो हेरोइन बरामद गरिएको एसएसपी बोहराले जानकारी दिए ।

लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । भारतबाट उनीहरू मोटरसाइकलमा खैरो हेरोइन लिएर नेपालतर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस