वर्तमानकाल संवाददाता । गौर । फागुन ०३ गते
रौतहटको सदरमुकाम गौर स्थित रहेको खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गतको कार्यालयद्वारा निर्मित्त खानेपानीको ट्याङ्की सन्चालन गर्ने बनाईएको समितिलाइ खारेज गर्न प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव समक्ष ज्ञापनपत्र बुझाइएको छ । गौर नगरपालिका वर्डा नम्बर ४ का वासीहरुलाई कुनै किसिमको जानकारी नगराई नगर प्रमुख अजय गुप्ताले आफ्नो खास व्यक्तिहरुलाई पदाधिकारी चयन गरेको भन्दै खारेजीको माग गरिएको हो । सो समिति वर्डा वासीहरुलाई मनोमान नभएकोलेसमितिलाई खारेज गरि भद्रभलादमीहरुको बाक्लो उपस्थितिमा नयाँ समिति चयन गराउनका लागि आइतवार पत्र बुझाइएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव मार्फत गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता समक्ष ज्ञापन पत्र बुझाइएको बताइएको छ । मेयरले आफ्नो खासै नजिकै औठा छाप सहितको ब्यक्तिहरुलाई खानेपानी संचालन गर्न समिती बनाएको प्रति वडाहरुवासीले आपत्ति जनाएका छन् ।