वर्तमानकाल संवाददाता । रौतहट । फागुन ०६गते
रौतहटको चन्द्रपुरमा नयाँ नेपाल अपांग संघको आयोजनामा अपांगहरुलाई कम्बल बितरण गरिएको छ ।
जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ५ र ६ मा संयुक्त रुपमा कार्यक्रम आयोजना गरि करिब १ सय जना अपांगहरुलाई कम्बल बितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोग तथा नयाँ नेपाल अपांग संघ रौतहट जिल्ला कार्य समितिको आयोजनामा एक कार्यक्रम बिच दुइटै वडाका करि
ब १०० जना अपांगहरुलाई चिसोबाट बच्न न्यानोको लागि कम्बल बितरण गरिएको हो ।
कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित श्री जन ज्योति माध्यमिक बिद्यालएको प्राँगनमा भएको थियो । चन्द्रपुर नपा वडा नम्बर ५ को वडा अध्यक्ष संजय काफलेको रोहबरमा उक्त कम्बल बितरण गरिएको हो । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष ललन कुमार झा, नेपाल रेडक्रस सोसाइटीका उपसभापति सपूत बहादुर कार्की,जिल्ला शाखा सदस्य तथा उपशाखा चन्द्रपुरका अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगायत सर्व साधारणको उपस्थिति रहेको थियो ।