कालीगण्डकीमा बेपत्ता दुवै जनाको शव फेला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ३, बिहिबार (२ घण्टा अघि)
  • ६४ पटक पढिएको
कालीगण्डकीमा बेपत्ता दुवै जनाको शव फेला

पाल्पा, ०३ वैशाख। नयाँ वर्ष मनाउन जादा बगनासकाली गाउँपालिका-७ दैलातुङस्थित कालीगण्डकी नदीमा बेपत्ता भएका दुई जनाकै शव फेला परेको छ ।

चन्द्र माध्यमिक विद्यालयका शिक्षक बगनासकाली-९ झिरभञ्ज्याङका २९ वर्षीय तोयानाथ बस्याल (मदन)को बुधबार बिहान र बगनासकाली-९ भुसालगाउँका ३९ वर्षीय शरण भुसालको बिहीबार बिहान दैलातुङ नजिकै कालीगण्डकी नदी किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

नयाँ वर्षको अवसरमा साथीभाइसँग नदीमा गएका उनीहरू पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । घटनापछि स्थानीय बासिन्दा, प्रहरी र सुरक्षाकर्मीको संयुक्त टोलीले खोजी कार्य तीव्र पारेको थियो ।

निरन्तरको खोजीपछि दुवै जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस