भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच भेटवार्ता

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २०, बिहिबार (१ घण्टा अघि)
  • ३० पटक पढिएको
भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच भेटवार्ता

काठमाडौं,१९ कात्तिक। नेपाल भ्रमणमा आउनुभएका भारतका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भारतका विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्नुभएको हो । सो क्रममा दुईपक्षीय सम्बन्धका बारे कुराकानी भएको बुझिएको छ । त्यस्तै प्रधानमन्त्री शाहको भारत भ्रमणका बिषयमा समेत कुराकानी भएको बताइएको छ ।

परराष्ट्र सचिव अमृतबहादुर राईको सचिव मिश्री बुधबार नेपाल आउनुभएको थियो ।

प्रधानमन्त्री बालेन मंसिर ६ गतेदेखि भारत भ्रमणमा जाने तयारी भएपनि औपचारिक रुपमा घोषणा भएको छैन ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस