विदेश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २०, बिहिबार (१ घण्टा अघि)
  • २६ पटक पढिएको
विदेश पठाउने भन्दै लाखौँ ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं,१९ कात्तिक। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरवैजान र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ बस्ने मोरङ घर भएका ५६ वर्षीय पुण्य प्रसाद निरौला र काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्ने २० वर्षीया श्रेया श्रेष्ठ रहेका छन् ।

पक्राउ मध्ये पुण्य प्रसादले अजरवैजान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३२ लाख रूपैयाँ र श्रेयाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पुण्य प्रसादलाई काठमाडौं महानगरपालिका–२६ बाट र श्रेयालाई काठमाडौं तारकेश्वर नगरपालिका–१० बाट पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस