नवलपरासी र धनुषामा जुवाडेविरुद्ध प्रहरीको एक्सन

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २०, बिहिबार (१ घण्टा अघि)
  • ३३ पटक पढिएको
नवलपरासी र धनुषामा जुवाडेविरुद्ध प्रहरीको एक्सन

काठमाडौं,१९ कात्तिक। नवलपरासी र धनुषाबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, गएराति र आज बिहान गरेर १६ जना पक्राउ परेका हुन् ।

नवलपरासी पूर्व, देवचुली नगरपालिका–१७ कुलेनी बस्ने ४१ वर्षीय रेशम तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा रेशम समेत १४ जनालाई गए राति प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३ हजार १ सय ६५ रूपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।

त्यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२३ स्थित बस पार्कको काउण्टरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका–७ बस्ने ४० वर्षीय सुजित शर्मा समेत २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १७ हजार ४ सय रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस