ट्रक मोटरसाइकल दुर्घटनामा दुई जनाले गुमाए ज्यान

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ कार्तिक २०, बिहिबार (५८ मिनेट अघि)
  • ३४ पटक पढिएको
ट्रक मोटरसाइकल दुर्घटनामा दुई जनाले गुमाए ज्यान

सिरहा,१९ कात्तिक। सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार (कात्तिक १९) बिहान करिब १० बजे सिरहा नगरपालिका–११, भलुवाहीस्थित सडकखण्डमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।

नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ना१ घ५५३ नम्बरको ट्रक र स९प ७६५० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार नामथर र वतन नखुलेका दुई पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका निम्ति प्रादेशिक अस्पताल सिरहा ल्याइएकामा चिकित्सकले बिहान १०ः२५ बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

ट्रकचालक फरार छन् । उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस