गौरमा भीषण आगलागी, घर र पशुचौपाया नष्ट—परिवार बिचल्लीमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ चैत्र २७, शुक्रबार (२ हप्ता अघि)
  • १०४ पटक पढिएको
गौरमा भीषण आगलागी, घर र पशुचौपाया नष्ट—परिवार बिचल्लीमा

रौतहट, २७ चैत। रौतहट — गौर नगरपालिका वडा नं. ४ टिकुलियामा गएराति भएको भीषण आगलागीले एक परिवारको उठीबास लगाएको छ ।

स्थानीय रामाधर गिरीको घरमा अचानक आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सामग्रीसहित घरपालुवा जनावरसमेत जलेर नष्ट भएका छन् । आगलागी रातिको समयमा भएकोले क्षति थप बढेको स्थानीयवासीले बताएका छन । आगोले घर पूर्णरूपमा ध्वस्त बनाउँदा लाखौँ रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

घटनापछि गिरी परिवार खुला आकाशमुनि बस्न बाध्य भएका छन् । दैनिक उपभोगका सामग्रीदेखि खाना बस्नेसम्मको आधारसमेत नभएकाले उनीहरू गम्भीर समस्यामा परेका छन् । स्थानीयले तत्काल राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकाय र दातृ संस्थासँग सहयोगको अपिल गरेका छन् ।

आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन भने थप विवरण आउन बाँकी रहेको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस