ट्याक्टर दुर्घटना हुँदा सल्यानमा चालकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २६, शनिबार (२ घण्टा अघि)
  • ३६ पटक पढिएको
ट्याक्टर दुर्घटना हुँदा सल्यानमा चालकको मृत्यु

सल्यान, २६ वैशाख। सल्यानको बागचौर नगरपालिका-१० भाटबिटेमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार बिहान भानुभक्त माध्यमिक विद्यालय दमाचौरको निर्माण सामग्री लिएर श्रीनगरबाट दमाचौरतर्फ जाँदै गरेको भे१त २०९० नम्बरको ट्याक्टर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्टर चालक शारदा नगरपालिका-१३ निवासी अन्दाजी २५ वर्षीय बसन्त बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस