ट्रकको ठक्करबाट कैलालीमा बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ३०, मंगलबार (३१ मिनेट अघि)
  • ३३ पटक पढिएको
ट्रकको ठक्करबाट कैलालीमा बालकको मृत्यु

धनगढी, ३० भदौ। कैलालीमा ट्रककाे ठक्करबाट एक बालककाे मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गाैरीगंगा नगरपालिका-२ काे झिलमा मंगलबार बिहान साढे ८ बजेतिर से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा साेही ठाउँका ५ वर्षीय लेखराज देउवाकाे मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रककाे ठक्करबाट गम्भीर घाइते भएका उनकाे धनगढीस्थित माया मेट्राे अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।

ट्रक र चालक लम्कीचुहा नगरपालिका-२ बस्ने सुनिल चाैधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएकाे छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस