निर्माणाधीन पुल ढल्दा उत्तर प्रदेशमा ६ जनाको ज्यान गयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १५, शुक्रबार (१ हप्ता अघि)
  • ४४ पटक पढिएको
निर्माणाधीन पुल ढल्दा उत्तर प्रदेशमा ६ जनाको ज्यान गयो

काठमाडौ, १५ जेठ। भारतको उत्तर प्रदेशमा पर्ने हमीरपुर जिल्लामा निर्माणाधीन पुल भत्किँदा ६ कामदारको मृत्यु भएको छ । बिहीबार अबेर राति निर्माण कार्य चलिरहेका बेला पुल खस्दा कामदारहरूको मृत्यु भएको हो ।

मृतकहरुमध्ये दुई जना हमीरपुर र चार जना बान्दा जिल्लाका रहेका छन् ।

पुलको भग्नावशेषमा पुरिएका तीन कामदारलाई उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याइएको छ ।

दुर्घटनापछि पुल निर्माणको गुणस्तर र सुरक्षा मानकलाई लिएर सवाल उठिरहेका छन् । जिल्ला प्रशासन र लोक निर्माण विभागका अधिकारीहरूले घटनास्थलको निरीक्षण गरेर अनुसन्धानको आदेश दिएका छन् ।

बिहीबार राति उत्तर प्रदेशका कयौं भेगमा तीव्र आँधी, वर्षा र चट्याङ परेको थियो । मौसम विभागले मौसम खराब रहने चेतावनी जारी गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस