बभनगामामा भीषण आगलागी, १३ घरगोठ खरानी

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (५ घण्टा अघि)
  • ४० पटक पढिएको
बभनगामामा भीषण आगलागी, १३ घरगोठ खरानी

काठमाडौं, २७ वैशाख। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामामा शनिबार साँझ भएको भीषण आगलागीमा ६ परिवारका १३ वटा घर तथा गोठ जलेर नष्ट भएका छन् ।

स्थानीय रामअवतार यादवको गोठमा बालिएको घुरबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको छ ।

साँझ करिब ७ बजे एक्कासी गोठबाट सुरु भएको आगोले तीव्र रूप लिंदा रामअवतार यादवको दुई घर र एक गोठ, जुगाई यादवको दुई घर र एक गोठ, अनिल यादव (गिरिजा) को दुई घर र एक गोठ, योगिन्द्र यादवको एक घर, राजकुमार यादवको एक घर तथा धिरेन्द्र यादवको एक घर जलेर पूर्ण रूपमा नष्ट भएको स्थानीयले बताएका छन् ।

आगलागी नियन्त्रणका लागि हनुमाननगर कंकालिनी नगरपालिका र मधेश प्रदेश प्रहरी तालिम केन्द्र राजविराजबाट आएको बारुणयन्त्र, को.बरसाइन प्रहरी चौकीका प्रहरी तथा स्थानीयबासी खटिएका थिए । करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको जनाइएको छ ।

आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर तथा नगदसहित करिब ४० लाख रुपैयाँभन्दा बढीको धनमाल नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि, क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको तथा क्षतिको विवरण संकलन कार्य जारी रहेको डम्बरबहादुर पुरी ले जानकारी दिएका छन् ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस