बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको ज्यान गयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख ६, आईतबार (२ दिन अघि)
  • ५७ पटक पढिएको
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको ज्यान गयो

बैतडी, ०६ बैशाख। बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिगास गाउँपालिका–८ बाट बझाङको देउलेखतर्फ जादै गरेको सुदूरपश्चिम प्रदेश ०१ ००१ त १३८४ नम्बरको ट्याक्टर सिगास–८ को सानीगाड खोलामा आइतबार बिहान करिब १० बजेको समयमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सिगास–८ लुपुणका २५ वर्षीय लोकेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए । ट्याक्टर चालक फरार छन् । उनको परिचय खुलेको छैन । ट्याक्टरमा चालकसहित दुई जना मात्रै सवार थिए । ट्याक्टर सडकबाट करिब दुई सय मिटर तल खसेको छ ।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस