सप्तमीका दिन घर घरमा फुलपाती भित्रयाइयो।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ आश्विन २६, मंगलबार (४ साल अघि)
  • २७ पटक पढिएको
सप्तमीका दिन घर घरमा फुलपाती भित्रयाइयो।

पवन प्रसाद साह

आज सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार शुभ साइतको प्रतीक फूलपाती भित्राएर मनाइएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्राउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्राइने माईस्थान मन्दिरका मुल पुजारीले बताए।

वीरगंज स्थित रहेको मालपोत कार्यालयबाट्ट बिधिबत पुजापाठ गरि बाजागाजा सहित डोली ल्याई मन्दिर परिसर परिक्रमा गरेर फुलपाती पुजन स्थलमा बिशेष पुजा हुने गरेको माईस्थान संचालक समितिका अध्यक्ष दिना गुप्ताले बताए । मुख्य जज्मान प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख विजय कुमार सरावगी र मालपोत कार्यालय प्रमुख रहनुभएको थियो

नौ दिनसम्म बेद, तथा चण्डी पाठ गर्ने र बिहान बेलुका आरती गर्नुका साथ पुजापाठ गरिन्छ । सप्तमी, महाअष्टमी र महा नबमीमा बिशेष पर्सा बारा लगायत बिभिन स्थानमा मेला लाग्ने गर्दछ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस