रमेश कुमार यादब भदौँ १८,रौतहट
रौतहट जिल्लाबाट भन्सार छली गरि ल्याईएको समानहरु भन्सार कार्यलय बुझाईएको छ ।रौतहटको सिमा नाकामा भारतबाट अबैध भन्सारका समानहरु नेपालमा ल्याउन नदिनका लागी खटिएका प्रहरी टोली बरामद गरेको जनाएको छ ।रौतहट जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्नेको लागी शुक्रबार प्रहरी चौकी बंकुल र अस्थाई प्रहरी पोष्ट लौकाहाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले अबैध भन्सार छलिका समानहरु बरामद गरेका जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएका छन ।रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नं.७ भकुवा खोला स्थितमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी नेपाल तर्फ ल्याई भित्र्याई ल्याएको युरीया मल र द्यच् ण्छ ी टढठज्ञ नम्बरको मोटरसाईकलमा लोड गरी ल्याएको कपडा र मोटरसाईकल समेत गरी अंन्दाजी मुल्य रु.१,३३,५९०।–(एक लाख तेतीस हजार पाँच सय नब्बे) बराबरको समानहरु बरामद गरेको छ ।प्रहरीले बरामद गरेको कपडा, मोटरसाईकल र मल वेवारीसे अवस्थामा फेला पारी रित पुर्वक बरामद गरी आवश्यक कारवाहीको लागी शुक्रबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।