देवताल गा पा १ बडकि फुलवरीयामा ब्रहम बाबाको मन्दिर उद्घाटन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २०, आईतबार (४ साल अघि)
  • ३ पटक पढिएको
देवताल गा पा १ बडकि फुलवरीयामा ब्रहम बाबाको मन्दिर उद्घाटन

उपेन्द्र पासवान भदौ/१९ गते

बाराको देवताल गाउँपालिका वडा नम्बर १ बडकी फुलवरीयामा ब्रहम् बाबाको मन्दिरको बिधिवत पुजागरी उद्धघाटन गरिएको छ । २४ लाखको लागतमा निर्मित मन्दिरको गाउँपालिका अध्यक्ष चन्दन कुुुमाार सिंहले उद्घाटन गर्नुभयो । धेरै लामो समय देखि निर्माणधिन रहेको मन्दिरको निर्माण हुन नसकेकोले स्थानियहरु चन्दा सँकल्न गरी मन्दिर निर्माण गर्ने निर्णयमा पुगेका थिए। तर गाउँ पालिका अध्यक्ष सिँहले गाउँ बासिको समस्यलाई आत्मासाथ गर्दै गाँउपालिकाको बजेटबाट सो मन्दिरको निर्माण कार्य सम्पन्न गरी शनिबर उद्धघाटन समेत गरेका छन। मन्दिर निर्माण कार्य सम्पन्न भए पछि स्थानियहरु हर्षित भएका छन। भने गाँउपालिका अध्यक्ष सिंहको प्रशाँसा पनि गरेका छन। उद्धघाटन कार्यक्रममा मन्तब्य राख्दै गाँउपालिका अध्यक्ष सिँहले आफु जनताको सेवक भएकोले सधैं जनताको हितमा नै काम गरेको बताएका थिए। यहाँको जनताले गर्दा नै आफु गाँउपालिका प्रमुख भएकोले आफ्नो अस्तित्व कहिले बिर्सेको छैन। र आफ्नो पदबाट हुने सम्पुर्ण काम गरीरहेको बताएका छन। देवताल गाउँपालिकामा शिक्षा , स्वास्थ्य , सडक को राम्रो सँग बिकास नभएकोले आफु सर्बप्रथम यिनीहरुलाई प्राथमिकता राखि बिकास गरेको बताउदै सुसाशन पनि कायम राखेको उद्घोष गरेका थिए। उक्त कार्यक्रम प्रभात कुश्वाहाको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष मिश्री लाल सहनी , नेबि संघका युवा नेता प्रभात सिंह , शैलेन्द्र यादव लगायतकाले शुभकामना मन्तव्य राखेका थिए। उद्धघाटन कार्यक्रममा देवताल गाउँपालिकाको उपाध्यक्ष रामपति देबि महतो , सम्पुर्ण वडाको वडा अध्यक्ष , बिभिन्न राजनीतिक दलका प्रतिनिधि , समाजका बुद्धिजीवी, समाजसेवी तथा स्थानिय जनताको उलेख्य सहभागिता रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस