रमेश कुमार यादब
भदौँ २०,रौतहट
रौतहटको बिभिन्न मुख्य–मुख्य ठाउँहरुमा नै फोहर हुँदा सहरहरु नै कुरुप बन्दै गईरहेको गुनासो पनि बढन थालेको छ । रौतहटको सदरमुकाम रहेको गौर बसपार्कमा नै फोहर हि फोहर हुँदा यात्रुले सास्ती भोगनु परेको छ । रौतहटको गौर बसपार्कमा फोहर ब्यबस्थापन नगरेको भन्दै आइतबार स्थानिय र सवारी चालकहरुले नारावाजी सहित प्रदर्शन गरेका छन । करोडौंको लागतमा बनेको रौतहटको गौर बस पार्क कुरुप र प्रदुषित हुँदै गएको भन्दै स्थानीय र सवारी चालकले नाराबाजि गरेका उनीहरुले बताएका छन । गौर बसपार्क दिनप्रतिदिन प्रदुषित हुदै गएपछि दुर्गन्ध फैलन थालेपछि स्थानिय र सवारी चालकहरुलाई विभिन्न रोग लाग्न सक्ने भएकाले तत्काल नगर प्रमुख अजय गुप्ताले पहली कदम चाल्नु पर्ने प्रर्दशनकारीहरुले माग गरेका छन । प्रदर्शनकारीहरुले बस पार्क ठेकेदार र नगर प्रमुख प्रति कडा नारावाजी लगाएका थिए । प्रर्दशनकारीहरुले बिभिन्न किसिमका नरा लगाएका थिए जस्तै बस पार्कमा ध्यान देउ , सरसफाई प्रति ध्यान देउ , विजुली बत्तिप्रति ध्यान देउ लगायतका नारा लगाएका छन । बस पार्क ठेकेदार र नगरपालिकाका नगर प्रमुख , उपप्रमुखको समेत मिलोमत्तो भएकाले बस पार्कको रेखदेखमा नगरपालिकाले ध्यान नदिएको उनीहरुको आरोप रहेको छ । त्यसतै रौतहट जिल्लाको मध्य भागमा अवस्थित रहेको गरुडा नगरपालिका पनि फोहरको कारण कुरुप बन्दै गईरहेको स्थाािनयहरुले बताएका छन ।रौतहटको मध्य भागमा पर्ने तथा ब्यापारीहरुको मुख्य बजार गरुडा नै रहेको छ ,त्यसमा पनि फोहर साथै गरुडाको बिभिन्न भागमा फोहोर नै फोहर रहेको कारणले स्वच्छ गरुडा सुन्दर गरुडा कागजमा नै सिमित रहेको साथै अव गरुडा कूरुपको रुपमा परिचित हुदै गईरहेको जानकारहरुले भनिरहेको छ ।गरुडाको ईलाका प्रहरी कार्यालय अगाडी नै फोहर हुँदा प्रहरी पनि यसप्रति कुनै चासो नदेखाएको स्थानियहरुले बताएका छन । प्रहरीहरुले बिधिन्न ठाउँमा गई आफ्नो वरिपरि सफा राख्नु पर्छ यसले शरिरलाई पनि बिभिन्न रोगहरुबाट बचाउ छन । तर आफ्नै अगाडी यति फोहर राख्दा यस प्रति प्रहरी मोैन बसेको स्थानियले प्रहरी माथि नै प्रश्न चिन्ह उठाएको छ । ईलाका प्रहरी कार्यालय गरुडा देखि १०० मिटर पुर्व तथा चपुर गौर जाने बाटोको छेउमा नै यति फोहोर थुपारेको कारण यसबाट कति रोग सर्ने सम्भवना रहेको छ यकिन पनि गनर्न सक्दैँन । सो बाटोमा अवात जावत गर्दा यात्रुहरुले तथा बसमा सवार यात्रीहरुले मुख थुनेर यात्रा गर्न बाध्य भईरहेको छ । गरुडा नगरपालिकामा करौँडो बजेट आउदा गरुडा नगर प्रमुख देखि जनप्रतिनिधिले ल्टनमा नै ब्यस्त रहेको यस प्रति कसैको चासो नरहेको गरुडाका स्थानियहरुले आरोप समेत लगाएका छन ।