रमेश कुमार यादब
भदौँ २०,रौतहट
रौतहटको माधवनारायण नगरपालिकाको वडा नम्बर ६ स्थित माधोपुर बजारमा सामाजिक संञ्जालको दुरुपयोग सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएको छ । रौतहटका विभिन्न स्थानमा बढ्दो अपराधिक घटनाहरुको न्युनिकारणका लागी सामुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विभिन्न किसिमका चेतनामुलक कार्यक्रमहरु निरन्तर सञ्चालन गर्दै आइरहेको छ । सोही अभियान अन्र्तगत सामाजिक सञ्जाल दुरुपयोग सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपि श्री राम भण्डारी जानकारी दिनु भएको छ । रौतहट जिल्लाको माधव नरायण नगरपालिका–६ का वडा अध्यक्ष राजिब कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानिय भद्र भलादमी महिलाहरु लगायतका अन्दाजी २०÷२५ जना स्थानियहरुले सहभागीता जनाएका थिए । समाजिक सन्जालबाट भईरहेको अपराधिक घटनाहरुको बारेमा सचेत गराई रहेको थिए । बास्तवमा समाजिक सन्जाल लगायत टिवटर ,हवाटसप ,इृमो जस्ता बिभिन्न कुराहरुबाट अपराधिक घटना भईरहेकोले यसबाट बच्न र आफुलाई बचाउन भनि बिभिन्न बिषयहरुमा गहन छलफल गर्नु भएका थिए । समाजिक सन्जालबाट बिशेष गरि युवा ,युवतीहरु अपराधिक घटनामा सम्लन रहेको देखिएको छ । यसलाई नियन्त्रणमा लिन आफ्नो धर परिवारको पनि ठुलो भुमिका रहेको डिएसपि भण्डारीले प्रकाश पार्नु भएको थियो ।