राजेश पासवान
रौतहट जिल्लाको मध्य एवम् पश्चिम भागमा पर्ने देवाही गोनाही नगरपालिका भित्रका सम्पुर्ण कर्मचारीहरु बिगत केही दिन देखि शान्तिपुर्ण धर्नामा बसेका छन ।
केन्द्र सरकारले निर्धाण गरेको रकममा सउक्त पालिकाले हाल सम्म कुनै ठोस कदम न चालेको भन्दै त्यहाँका कर्मचारीहरु ५ दिन देखि शान्तिपुर्ण धर्ना दिरहेका छन ।
नेपाल सरकाले नेपालको संबिधान अनुसार अनुसुचि नं.९ को (२) ले शिक्षकको अधिकार स्थानिय तहलाई दिएको छ
सोही अधिकार भित्र रही आर्थिक बर्ष २०७८/७९ को शिर्षक नंम्बर २१६ मा पर्ने प्रारम्भीक बाल बिकाश शिक्षक र बिधालयका कर्मचारीहरुलाई नेपाल सरकारले निर्धाण गरे बमोजिम १५ हजार मध्ये रु ८ हजार केन्द्र सरकारले र सात हजार रकम स्थानिय तहले दिनु पर्ने भनिए पनि। तर देवाही गोनाही नगरपालिकाका नगर प्रमुख, उपप्रमुख र नौ वडाका वडा अध्यक्षहरुले सोही सात हजार रकम दिनको लागि कुनै वास्ता नगरे पछि बाल बिकाश शिक्षक र बिधालयका कर्मचारीहरुले आन्दोलित भएका हुन ।
गएको १६ गते देखी कर्मचारीहरुको संघर्ष समितीले बिभिन्न ५ बुन्दे माग राखी नगरपालिकाको कार्यलयमा ज्ञापन पत्र बुझाएका थिए । सोही पाच बुन्दे निर्णयको अधारमा आज ५औ दिन नेपाल बिधायलय क्रमचारी युनियन कार्य समिति देवाही गोनाहीको अध्यक्ष र बालविकास शिकिक्षाको अध्यक्ष सावित्री पटेलको अध्यक्षतामा आज आईतबार शान्तिपुर्ण नगरपालिकाको परिसरमा धर्ना र बजार परिक्रमा गरेर प्ले काडका साथ् बिधालय क्रमचारी र बाल बिकास जिन्दाबाद , हाम्रो संघर्ष जारी छ संघर्ष समिति जिन्दाबाद , हाम्रो माग पुरा गर र केन्द्रले तोकेको रकम पुरा गर लगाएत बिभिन्न नारा लागाएका थिए ।