सागर संगम ठाकुर । रौतहट भदौ २१ गते
रौतहटमा राती लाखौं मुल्यबराबरको चोरी भएको छ । जिल्लाको कटहरिया नगरपालिका वडा ४ टोलापुरमा स्थानिय उपेन्द्र महतोको घरमा राती करिब ढेड दुई बजेको समयमा अज्ञात चोरका समुहहरुले घरको पछाडी वाट प्रबेश गरि घरभित्र रहेको अन्नपात लत्ताकपडा गर गहना लगाएत करिब ५ लाख मुल्यबराबको समानहरु चोरेर लगेको पिडित महतोले बताएका छन । चोरहरुले गर भित्र चोरी गरिरहदा कुकुरहरुले जोड जोड देखि कराउन थाले पछि घरका सदस्यहरु हेर्न जादा चोरहरुले चोरी गरेको पेटी सुटकेश तोडदै गरिरहदो अवस्थामा घर मुलिलाई देखेर एकाशी कपडाहरु फाल्दै फरार भएका थिए । अहिले वर्षाको मौसम भएकाले अधिकान्श ठाउँमा बिजुलिको बत्ति समस्या भईरहेको र जसको कारणले गर्दा गाउँहरुमा चोरीचकारीको घटनामा बृद्धी हुन थालेका छन । वर्षाले गर्दा प्रहरीहरु पनि गस्तीमा जान निकै समस्या रहेको र त्यसै मौका छोपी चोरहरुल सक्रिय भएका हुन । कटहरिया एरियामा पटक पटक चोरीको घटनामा बृद्धी हुनुको मुख्य कारण के हो भने यसै बिषयमा कटहरियाका प्रमुख सई बिनोद यादव संग सोधा समय समयमा हामीले गस्ती पठाएकै छौँ भनेर वहाले प्रतिक्रिया दिनु भयो । सई यादवले हामी आए बेला देखि यो एरियामा चोरीका घटनाहरु निकै कम भएको बताउनु भयो । चोरका समुह माथी आफनो प्रयास सधै जारी रहेको श्रोत पाए त्यस्ता ब्यक्तीहरुलाई त्तत्काल पक्राउ गरि कार्यबाही प्रक्रिया अगाडी बढाउने बताउनु भयो । टोलापुरमा भएको चोरीको बिषयमा ईलाका प्रहरी कार्यलय कटहरियाबाट सई बिरेन्द्र यादवको नेतृत्वमा गएका टोलीले घटना स्थलमा पुगी थप अनुसन्धान गरिरहेको हाम्रा सहकर्मीले जानकारी दिनु भयो ।