दिपेन्द्र जयसवाल
भदौ २१
बाराको प्रसौनी गाउँपालिकाले महिलाहरुको लागि महान पर्व तीजको अवसरमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिका प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका महिलाहरुले खुशीका साथ सुख दुख साटासाट गर्नलाई कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष भोला गुप्ताले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष गुप्ताले हरेक बर्ष तीज कार्यक्रम गर्दै आएको बताउँदै यसले सबै महिलालाई एक ठाउमा ल्याउने र उहाहरुको समस्या समेत बुझेर आवश्यकता पूरा गर्ने सोचका साथ अघि बढेको बताउनुभयो । सोही अवसरमा उपाध्यक्ष गिता साहले महिला कर्मचारीले वर्ष भरिका सबै दुख पीडा बिर्सेर, आउँदो बर्षमा उत्साहित भएर आ–आफ्नो काममा फर्किने बताउनुभयो । कार्यक्रममा सबै वडाका जनप्रतिनिधि सहित स्थानीयको भब्य उपस्थिति रहेको थियो ।