राजेश पासवान।भदौ २१ गते।रौतहट ।
रौतहट जिल्लाको गुजरा नगरपालिकाको मनहर्वा स्थित आधारभुत बिधालय मनहर्वामा बिधालय भवनको शिलान्यास गरिएको छ।
जिल्लाको उतरी भेगमा पर्ने गुजरा नगरपालिकाको वडा नम्बर-१ मनहर्वामा नगरप्रमुख सन्तलाल चौधरी र नगर उपप्रमुख रौशन खातुनको संयुक्त कर कमल हाथबाट आधारभूत विद्यालय मनहर्वामा,सोमबार बिधालय भवनको शिलान्यास गरिएको छ।
मनहर्वा आधारभुत बिधालय को प्राङ्गणमा एक समारोहका बिचमा नगर प्रमुख सन्तलाल चौधरी को कर कमल हाथबाट विधिवत् रुपले पंडितद्धारा मन्त्रोचारण पश्चात भवनको शिलान्यास गरिएको हो ।
गुजारा नगरपालिकाको आर्थिक सहयोगमा सो बिधालय भवनको शिलान्यास गरिएको हो। नगर प्रमुखले आफ्नो प्रतिबद्धता अनुसार बिधालयलाई नमुनाको रुपमा बनाउने र बिधालय क्षेत्रभरीको बालबालिकाहरुलाई राम्रो शिक्षा आर्जन गराउने उदेश्यका साथ सो विधालय भवनको शिलान्यास गरिएको नगर प्रमुख चौधरीले बताउनुभयो।
उक्त कार्यक्रममा नगर प्रमुख सन्तलाल प्रसाद चौधारी,नगर उपप्रमुख रौशन खातुन शेख,नि.प्रमुख प्रशासककिय अधिकृत बिनोद जयासवल,युवा एवम् जुझारु नेता बसरुदिन अन्सारी,कार्यपालिका सदस्य पुनित राम,शिक्षा अधिकारी,गुजरा नगरपालिका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू,र बुद्धजीवीहरु लगायतका उपस्थिति रहेको थियो।