रमेश कुमार यादब भदौ २२,रौतहट
रौतहट जिललाको मध्य भागमा अवस्थित गरुडामा एमसिसि बिरुद्ध बिरोध प्रदर्शन गरेका छन । नेकपा (क्रान्तिकारी माओबादी)को जिल्ला सेक्रटरी प्रहलाद साहको अध्यक्षतामा एमसिसि राष्ट्रघाती रहेको भन्दै भब्य साथमा मंगलबार बिरोध प्रर्दशन गरेका थिए । बिरोध प्रर्दशनमा राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर ,बिर सहिद लाल सलाम लाल सलाम ,लगायत नेकपा क्रान्तिकारी माओबादीको हसिया,हथोडी अँकित झन्डा बोकी बिभिन्न किसिमका प्रर्दशनकारीहरुले नरा लगाएका थिए । देश ब्यापीको रुपमा रहेको राष्ट्रघाती एमसिसिको बिरोध गर्दै रौतहट जिल्लाको मध्यभागको धरोहरको रुपमा रहेको श्री राम सुगर मिलको गेट देखि सुरु गरि गरुडाको परिक्रममा गर्दै दुर्गा मन्दिरमा आएर कोण सभा परिणत गरेको थियो । कार्यक्रमको सम्बोधन गर्दै ने.क.पा क्रान्तिकारी माओबादीको जिल्ला सेक्रटरी साहले एमसिसिको बारेमा प्रकाश पार्दै भने आजको बर्तमान परिस्थितीमा अमेरिका मिलिनियम चालेनज कोरपोरेसन अर्थात एमसिसिले हाम्रो देशलाई ठुलो घात पुगाउने भएकोले यसलाई हाम्रो देशमा आउन नदिन सबैलाई एक जुट भई यसको कडा बिरोध गर्न आग्रह गर्नु भएको थियो । एमसिसि २०५८ सालमा शेरबहादुरको नेतृत्वमा आएको र अमेरिकाको बिदेश मन्त्रि तथा नेपालको परराष्ट्र मन्त्रि ज्ञानेन्द्र बहादुर कार्कीद्धारा हस्ताक्षरीत गरि नेपाल र अमेरिका बिचको एमसिसि सम्झोता गरि आज हाम्रो देशमा सँबिधान सभाद्धारा अनुमोदन गरि सताधारि पाटीले यसलाई पुर्नता दिई रहेको अमेरिकाका दलाल र भारतका दलालहरुलाई यो कार्यक्रमबाट पनि सचेत गराउनु भएको थियो । यदि एमसिसि पास भयो भने हाम्रो देशमा यो भन्दा ठुलो आन्दोलन गर्ने र आन्दोलनको सम्पुर्ण जिम्मेवारी यो सरकारले बेहोर्ने समेत जिल्ला सेक्रटरी साह चेतावनी दिनु भएको थियो ।एमसिसि चालेन्ज कोरपोरेसन अर्थात अमेरिकी परियोजना देशको ५० ओटा राष्टमा हुदा त्यो देश अवस्था निकै नै दैनिय रहेको छ ।त्यो परियोजना नेपालमा लागु हुन गईरहेको छ जुन हाम्रो देशको सम्पुर्ण नियम कानुन बिपरित हुने छ साहले प्रस्ट पारेको थियो । कार्यक्रममा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी)का जिल्ला सेक्रटरी साहले इन्डो प्यासिफिक रणनीतिअनुसार एमसीसी सम्झौता लागु गर्न चाहेको बताए । उनले अमेरिकाले नेपालका बहुमूल्य प्राकृतिक साधन, स्रोतमाथि कब्जा जमाउन र चीनविरुद्ध नेपाली भूमि दुरुपयोग गर्न एमसीसी संसदबाट पास गराएर लागु गर्न चाहेको बताए थिए । एमसिसि बिरुद्धको चौतर्फी बिरोध भईरहेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । बिरोध कार्यक्रममा जिल्लाका सदस्य रामबाबु यादब ,भुवन प्र.चौरसिया ,राम अशिष ठाकुर ,अकल माझी लगायत पाटीको सयकडौँ ब्यतिmहरुको सहभागीता रहेको थियो ।