भन्सार छली चोरी पैठारी गरी अवैधरूपमा विभिन्न सामानहरू सहित ट्रकहरू पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २२, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
भन्सार छली चोरी पैठारी गरी अवैधरूपमा विभिन्न सामानहरू सहित ट्रकहरू पक्राउ

पर्सा/२२भादौ

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१४ स्थित गण्डक सडकखण्डको बाटो हुँदै ना.३ ख ५१६५ र ना.३ ख ५५२५ नम्बरको मालवाहक ट्रकहरूमा पुराना मितिको प्रज्ञापन पत्र, सो प्रज्ञापन पत्रमा उल्लेखित मालबस्तुहरूको सट्टा भन्सार छली चोरी पैठारी गरी ल्याएको लत्ताकपडाहरू लगायतका अन्य मालबस्तुहरू लोड गरी चितवन तर्फ लग्दै भन्ने प्राप्त सूचना अनुसार यस कार्यालयबाट खटी गएको टोलीले उल्लेखित नम्बरको ट्रकहरू रोकी जाँच गर्ने क्रममा चालकहरू छाडी भागी फरार भएको, उक्त ट्रकहरूलाई वेवारिसे अवस्थामा नियन्त्रणमा लिइ कार्यालयमा ल्याइएको र गाडीमा भएको प्रज्ञापनपत्र हेर्दा ना.३ ख ५१६५ नम्बरको ट्रकमा लोड रहेको सामानहरूको २०७७।१०।२२ गते लगायतका मितिको प्रज्ञापन पत्रहरू रहेको र ना ३ ख ५५२५ नम्बरको ट्रकमा लोड रहेको सामानहरूको २०७८।०४।२१ गते लगायतका मितिको प्रज्ञापन पत्रहरू रहेको तर विल विजकहरुमा हाल सालैको मितिहरु उल्लेख भएकोले यी गाडीमा रहेका सामानहरु प्रज्ञापन पत्र वमोजिमका नरहेका तथा फरक फरक मितिका विल विजक वमोजिमका समेत नरहेको हुन सक्ने भएकाले निम्न कागजातहरु सहित अ.मु.रु.८०,००,०००।- (असी लाख) मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि मिति २०७८।०५।२१ गते राजश्व अनुसन्धान पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस