जनकपुरधाम
जिल्ला प्रशासन कार्यालय धनुषा (जनकपुर) को नायब सुब्बा निजामति कर्मचारी दिवसकै दिन घुस सहित पक्राउ रंगेहात पक्राउ पक्राउ परेको छन् । सिडिओ कार्यालय धनुषाका नायब सुब्बा उमेश चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ गरेको हो । सुब्बा चौधरी जनकपुरको क्याम्पस चौकस्थित एक होटलबाट पक्राउ परेका छन् । उनले सेवाग्राहीसँग ८ हजार ५०० (साढे ८ हजार) रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । सोही बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट आएको टोली उनलाई पक्राउ गरेको हो । नागरिकताको प्रतिलिपिमा उमेर सच्याइदिने भन्दै सेवाग्राहीसँग नासु चौधरीले घुस लिएका थिए । कानूनी प्रक्रिया पुरा गरी अख्तियारको टोलीले आवश्यक कारबाही गर्न उनलाई बर्दिबास लगेको बताइएको छ ।