खोपवा बाराको सभाहलमा १८ औं निजामति दिवसको अवसरमा उत्कृष्ट कर्मजारी,जनप्रतिनिधिहरूलाई सम्मान तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २२, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
खोपवा बाराको सभाहलमा १८ औं निजामति दिवसको अवसरमा उत्कृष्ट कर्मजारी,जनप्रतिनिधिहरूलाई सम्मान तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न

दिपेन्द्र जयसवाल,बारा भदौ २२

बाराको बारागढी गाउँपालिका खोपवा बाराको सभाहलमा १८ औं निजामति दिवसको अवसरमा उत्कृष्ट कर्मजारी,जनप्रतिनिधिहरूलाई सम्मान तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ I गाउँपालिका अध्यक्ष देवदत्त बछाड थारूको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकामा कार्यरत १० जना उत्कृष्ट कर्मचारी र जनप्रतिनिधि ११ जनालाई निजामति दिवसको अवसरमा आज एक कार्यक्रमको बिच सम्मानित गरिएको छ I सम्मानित हुनेहरूमा सर्वत्कृष्ट कर्मचारीमा प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, उत्कृष्ट कर्मचारीमा लेखा अधिकृत अजय चौधरी,स्वरोजगार संयोजक पप्पु साह,बिनय चौधरी,सरोज कुमार साह,वडा नं ३ का वडा सचिव सुरेन्द्र प्रसाद चौधरी,रामु रेगमी, लालबाबु साह,चन्द्रिका साह,अभिषेक चौधरी र जनप्रतिनिधिमा वडा नं.१ को वडा अध्यक्ष सुरेश प्रसाद चौधरी लगायतलाई नगद प्रशांसा पत्र दोसला ओढाई सम्मानित गरिएको हो I उनीहरूलाई गाउँपालिका अध्यक्ष देवदत्त बछाड थारूले टीका माला र प्रशांसा पत्र नगद र दोसला दोसला ओढाई सम्मानित गरिएको थियो I सो कार्यक्रममा गाउँपालिका अध्यक्ष देवदत्त बछाड थारू,प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी,लेखा अधिकृत अजय चौधरी,कार्यपालिका सदस्य जोगिन्द्र साह कानु,वडा नं.१ देखि ६ सम्मका वडा अध्यक्षहरू,वडा सदस्यहरू र कर्मचारीहरूको सहभागिता रहेको थियो I

ताजा अपडेट

खोजी गर्नुहोस