दिपेन्द्र जयसवाल,बारा भदौ २२
बाराको बारागढी गाउँपालिका खोपवा बाराको सभाहलमा १८ औं निजामति दिवसको अवसरमा उत्कृष्ट कर्मजारी,जनप्रतिनिधिहरूलाई सम्मान तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ I गाउँपालिका अध्यक्ष देवदत्त बछाड थारूको अध्यक्षतामा भएको सो कार्यक्रममा गाउँपालिकामा कार्यरत १० जना उत्कृष्ट कर्मचारी र जनप्रतिनिधि ११ जनालाई निजामति दिवसको अवसरमा आज एक कार्यक्रमको बिच सम्मानित गरिएको छ I सम्मानित हुनेहरूमा सर्वत्कृष्ट कर्मचारीमा प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी, उत्कृष्ट कर्मचारीमा लेखा अधिकृत अजय चौधरी,स्वरोजगार संयोजक पप्पु साह,बिनय चौधरी,सरोज कुमार साह,वडा नं ३ का वडा सचिव सुरेन्द्र प्रसाद चौधरी,रामु रेगमी, लालबाबु साह,चन्द्रिका साह,अभिषेक चौधरी र जनप्रतिनिधिमा वडा नं.१ को वडा अध्यक्ष सुरेश प्रसाद चौधरी लगायतलाई नगद प्रशांसा पत्र दोसला ओढाई सम्मानित गरिएको हो I उनीहरूलाई गाउँपालिका अध्यक्ष देवदत्त बछाड थारूले टीका माला र प्रशांसा पत्र नगद र दोसला दोसला ओढाई सम्मानित गरिएको थियो I सो कार्यक्रममा गाउँपालिका अध्यक्ष देवदत्त बछाड थारू,प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी,लेखा अधिकृत अजय चौधरी,कार्यपालिका सदस्य जोगिन्द्र साह कानु,वडा नं.१ देखि ६ सम्मका वडा अध्यक्षहरू,वडा सदस्यहरू र कर्मचारीहरूको सहभागिता रहेको थियो I