राजकुमार यादव भदौ २३ गते
रौतहटको किसानहरुले जिल्ला भरी शक्ति प्रदर्शन गरेका छन् । किसानहरुको समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै आई टी किसानहरु जिल्लाको ठाउँ ठाउँमा अन्दोलन गरेको थिए । किसानहरूले ५ ओटा बुन्दा मांग गरेका छन्। किसानलाई पेन्सनको ब्यवस्था गर ,युरिया मल तुरन्त उपलब्ध गराउ, कृषि बिमा लागु गर, पर्याप्त कृषि ऋण उपलब्ध गराउ र टेक्टरलाई लाग्ने सम्पूर्ण कर खारेज गर सहितको मांग गर्दै रौतहट जिल्लाको सदरमुकाम गौरमा ७ सय ट्रेक्टरको समुहले सदरमुकाम गौरको परिक्रमा गरेका थिए। किसानहरूको हक हितको लागि विधायक कुन्दन कुशवहा र त्रिभुवन साहको नेतृत्वमा सदरमुकाम ‘आइटी किसान’ले बुधबार आयोजना गरेको कोणसभामा बोल्दै सीमा क्षेत्रमा किसानले भारतबाट ल्याएको मललाई सुरक्षाकर्मीले तस्करीको भन्दै नियन्त्रणमा लिने गरेकोमा आपत्तिसमेत जनाइएको हो । २०५७ साल अघि साल्ट ट्रेडिङ, कृषि सामग्री संस्थानका साथै ब्यापारीले समेत तेस्रो मुलुकबाट मलखाद ल्याउने गरेकाले देशमा कहिल्यै मलखादको अभाव नभएको भन्दै उनीहरुले रासायनिक मल ल्याउन निजी क्षेत्रलाई पनि अनुमति दिन माग गरे । हाल रौतहटमा मलखाद अभाव भएको भन्दै उनीहरुले ९०० रुपैयाँ प्रति बोरा मूल्यको युरिया मल १ हजार ७०० रुपैयाँ तिरेर खरिद गर्नु परेको गुनासोसमेत गरेका थियो ।
विधायक कुशवाहाले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई चेतावनी समेत दिनु भएको छ। विधायक कुशवाहाले जिल्ला प्रशासन कार्यलयको अगाडी किसानको समस्या छिटोभन्दा छिटो समाधान गरेन भने, यो रैलि भन्दा ठुलो रैलि किसानहरूको हाथे हथियारको साथमा दोस्रो रैली ल्याउने चेतावनी पनि दिनु भयो।
देशमा किसानले परम्परागत तरिकाले खेती गर्ने गरेका कारण आवश्यकता अनुसारको खाद्यान्न उत्पादन हुन नसक्दा बर्सेनि अरबौं रुपैयाँ विदेशमा गइरहेको प्रदेशसभाका पूर्व सदस्य कुश्वाहाले बताए ।
कोणसभामा किसानहरू प्रतिनिधित्व गर्नु आउनु भएका उपेन्द्र साह, चन्दन कुशवहा र मौलापुर नगर प्रमुख रिनाकुमारी साहले कृषिमा आधुनिकता नआएसम्म सुखी नेपाली र समृद्ध नेपालको परिकल्पना साकार नहुने बताएका थिए । सो कार्यक्रममा हजारौ किसान,राजनितिकर्मि ,वुद्विजिवी,पत्रकारको उपस्थिति रहेको थियो ।