वर्तमानकाल दैनिक ।
रौतहट भदौ २३ गते रौतहटको एक जना वडा अध्यक्षले बिगत तिन बर्ष देखि वडा कार्यलयमै नगएको रहस्य खुलेको छ । जिल्लको देवाही गोनाही नगरपालिका वडा नं.९ धरहरीका वडा अध्यक्ष राजेश साहले बिगत तिन बर्ष देखि वडा कार्यलयमा नबसेको त्यहाका स्थानियहरुले बताएका छन । वडा अध्यक्षले निर्वाचित भएको शुरु शुरुमा केही दिन मात्र वडा कार्यलमा बसेको र पछि आयर बसनै छोडेको स्थानिय हरेन्द्र साहले बताउनु भयो । आफुहरुको केही काम परे त्यसको लागि वडा अध्यक्ष राजेश साहकै घरमै पुगनु पर्ने अवस्था रहेको साहको भनाई रहेको छ । वडा कार्यलयबाट दिनु पर्ने सेवा वडा अध्यक्ष साहले आफनै घर बोलाएर दिने गरेको त्याहका स्थानियहरुले बताएका छन । नागरिकहरुको वडा कार्यलयबाट हुनु पर्ने कामलाई आफनो घरमा बोलाएर मात्र गरिरहेको उनिहरुको भनाई रहेको छ । वडा अध्यक्ष राजेश साहले वडा कार्यलयका कम्पुटर ल्यापटप डेक्स बेन्च कुर्सी वाई फाई नेट समाग्रीहरु आफनो घरमा लगेर राखिएको र काम गरिरहेको अर्का स्थानिय दिपक साहले बताउनु भयो । वडा अध्यक्ष साहको गैर जिम्मेबारी पनको कारणले गर्दा वडा कार्यलयको अवस्था लथालिङ्ग भएको स्थानियहरुले गुनासो गरे ।