रौतहट – २४ भाद्र
मदिरा सेवन गर्न आएका ब्यक्तिले रौतहटको बृन्दावन नगरपालिका वडा नं–१ बलेरीका एक स्थानियलाई मोटरसाईकलले ठक्क दिएर फरार भएको स्थानिय वासिन्दाले बताएका छन् । मंगलबार साझ रौतहटको बृन्दावन नगरपालिका वडा नं–१ बलेरीका स्थानिय सुसिल पटेलले आफ्नो कामको सिलसिलामा हर्षाहा गएको र काम सकेर फर्किरहेको अवस्थामा उनलाई बलेरी स्थित चा“दी पुलमा ३ जना सवार मोटरसाईकलले ठक्क दिएर फरार भएको घाइते भएका पटेलले बताएका छन् । ठक्कर बाट घाइते पटेल एक पात्र मात्रै हुन् । जिल्लाको विभिन्न ठाउबाट बलेरीको तामाङ बस्तीमा मदिरा सेवन गर्न आउनेले अत्याधिक मदिरा सेवन गर्ने बलेरी बिश्रामपुर सडक खण्डमा सय भन्दा बढीको गतिमा मोटरसाईकल कुदाउने गरेकोले कुन बेला दुर्घटना हुन सक्ने ठेगान नरहेको स्थानियले बताएका छन् ।
पछिल्लो समय रौतहटको बृन्दावन नगरपालिका वडा नं–१ बलरीको तामाङ बस्तीमा भएको मदिरा उत्पादनले स्थानियमा जोखिम बढेको स्थानीयको भनाइ छ । रौतहटको बृन्दावन नगरपालिका वडा–१ स्थित बलेरीको तमाङ बस्तीमा खुलेयाम रुपमा मदिरा उत्पादन हुने गरेको भएपनि समन्धित निकाय मौन रहेको स्थानियले आरोप लगाएका छन् । सो बस्तीमा कच्चा पदार्थबाट मदिरा उत्पादन गर्ने गरेको स्थानीय वासिन्दाले बाताएका छन । सो बस्तीमा मदिरा उत्पादन भएपछि बच्चा देखी ठुलाबडा सम्मले मदिरा सेवन गर्ने गरेको बुद्धिजिविहरुले तराई एक्सप्रेस दैनिकलाई बताएका छन् ।
बलरीको भोटेटोलको मदिरा सेवन गर्न जिल्लाको विभिन्न स्थानबाट सेवनकर्ताहरु आउनेगरेको स्थानीयले जनाएका छन् । स्थानीयले सो बस्तीमा बनिरहेको मदिरा तत्काल रोक्नु पर्ने बताए । बृन्दावनको भोटेटोलमा खुल्याम रुपमा मदिरा बनेर बिक्रि वितरण भएपनी ईलाका प्रहरी कार्यालय गरुडा र बिश्रामपुर प्रहरी चौकीले रोक्ने प्रयास समेत नगरेको स्थानियले गुनासो गरेका छन । मदिरा बनाउन रोक्ने विषयमा स्थानीयले बिश्रामपुर प्रहरी चौकीमा पटक-पटक जानकारी गराएपनि प्रहरीले कुनै वस्था नगरेको स्थानीय वसिन्दा अजय पटेलले बताएका छन ।
मदिरा उत्पादनले समाजमा मदिरा सेवन गर्नेको संख्या बढेको पटेलको भनाइ रहेको छ । मदिरा सेवन गर्नेहरुले राती सम्म भोटेटोलमै रहने र होहल्ला गर्ने गरेका कारण गाउको बाताबरणमा असर गरेको स्थानीयको भनाइ रहेको छ । मदिराको कारण पछिल्लो समय बलरीमा चोरीको घटना बढदै गएको स्थानीयको भनाइ रहेको छ । विश्रामपुर प्रहरी चौकीले मदिरा उत्पादन गर्नेहरुसंग मासिक रुपमा मोटो रकम लिनेगरेको स्थानीयले आरोप छ ।