जननायक बिपिले देखेका सपना पूरा गर्न नेपाली काङ्ग्रेस एक भैइ १४ औं अधिवेशन सफल पारौं – युवा नेता धिरज गुप्ता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २५, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
जननायक बिपिले देखेका सपना पूरा गर्न नेपाली काङ्ग्रेस एक भैइ १४ औं अधिवेशन सफल पारौं – युवा नेता धिरज गुप्ता

बिरगंज , भदौ २४ गते
आज बिपि जयन्ती , नेपाली काङ्ग्रेसका सस्थापक नेता बिपि कोईराला प्रती भावपुर्ण श्रर्दान्जली गर्दै उहाले देश र जनताका लागि पुर्याएको अतुलनीय योगदानको स्मरण गर्दै नेपाली राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको एक सय आठ औं जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, बिपी सङ्ग्रहालय, सुन्दरीजल लगायत देशका विभिन्न ठाउँमा बिहीबार विपीलाई सम्झने विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका कोइरालाको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण ठानिएको छ ।
नेपालको जारी संविधान निर्माण प्रक्रिया र राजनीतिक अस्थिरतामा बिपीको आदर्श, मूल्य र मान्यता अझ सान्दर्भिक रहेको छ ।
विसं १९७१ भदौ २४ गते जन्मेका कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका साथै नेपाली साहित्य जगतमा पनि विशिष्ट व्यक्तित्वका रुपमा स्थापित भए ।
विसं २०१५ सालको आम निर्वाचन पश्चात् १८ महिना नेपालका प्रधानमन्त्री बनेका कोइरालाले नेपालको प्रजातान्त्रिक आन्दोलनमा लामो समय नेतृत्व गरेका थिए ।
भारतमा रहँदा तत्कालीन समयमा चलेको स्वतन्त्रता आन्दोलनबाट प्रभावित स्वर्गीय कोइरालाले सो आन्दोलनमा सक्रिय रहनुका साथै नेपाली राष्ट्रिय काँग्रेसको स्थापना गरेकोमा त्यो पछि गएर नेपाली काँग्रेस पार्टीमा रुपान्तरित भएको थियो ।
विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो ।
विसं २००३ सालमा विराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेका कोइरालको नेतृत्वमा २००७ सालको क्रान्तिले सफलता प्राप्त गरेको थियो ।
विसं २०१७ साल पुस १ गतेको राजा महेन्द्रको कदम पश्चात् कुनै मुद्दा बिना नै आठ वर्ष कैदमा राखिएका कोइरालाले तत्पश्चात् लामो समयसम्म निर्वासनमा बसेर २०३३ सालमा राष्ट्रिय मेलमिलाप नीतिका साथ स्वदेश फर्किएका थिए।
साहित्यकार कोइरालाका तीन घुम्ती, सुम्निमा, नरेन्ऽ दाइ, मोदिआइन, हिटलर र यहुदी र बाबु, आमा र छोरा उपन्यास प्रकाशित छन् ।
कोइरालाका दोषी चश्मा, श्वेतभैरवी कथा सङ्ग्रहका साथै आफ्नो कथा र जेल जर्नल आत्मबृतान्त एवम्् जीवनी सङ्ग्रह प्रकाशित छन् ।
नेपाली भाषा साहित्यमा यौन मनोविज्ञानलाई भित्रयाएका कोइरालालाई मनोवैज्ञानिक कथाहरूको नयाँ प्रयोग गर्ने साहित्यिक व्यक्तिको श्रेय पनि जान्छ ।
कोइरालाको २०३९ साल साउन ६ गते निधन भएको थियो ।
त्यसैगरी,युवा नेता धिरज गुप्ताले भने जननायक विपीले देखेका सपना पूरा गर्न हामी नेपाली कांग्रेस एक भई १४ औं महाधिवेशन सफल पारौ। अनि नेपाली कांग्रेसलाई बलियो बनाउन सक्ने गुप्ता बताउछन् ।
हामी नेपाली कांग्रेसको १४ औं महाधिवेशनको संघारमा छौ । वडा अधिवेशन प्रारम्भ भइसकेको छ भने केही स्थानमा अझै बाँकी छ । तत्काल बाँकी रहेका स्थानमा पनि अधिवेशन यथाशक्य सम्पन्न गर्दै मंसिरमा निर्धारित महाधिवेशन सुनिश्चित गर्नु छ । बलियो कांग्रेस र सक्षम नेतृत्व भएमात्र to नेता जननायक विपीले देखेका सपना पूरा गर्न सकिने छ । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा गुप्ताले हार्दिक अपिल गर्नु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस