सिरहाको गोलबजार नगरपालिका ९ गोबिन्दपुरमा एक फर्ममा एकैदिन दुई हजार भन्दा बढी बोईलर कुखुरा मरेको छ ।
गोलबजार नगरपालिका ९ गोविन्दपुरका मो. हासिम खान (हारुनको) पाकीजा पोल्ट्री फर्ममा दुई हजार भन्दा बढी कुखरा मरेको हो । कुखुरा अत्यधिक मर्न थाले पछि डिलरबाला (दाना चल्ला बेच्ने) स्थानीय जनता समाजवादी पार्टीका नेता मनोज सिंहलाई ल्याएर देखाएको बताए । मरेको कुखुरा चिरेर हेर्दा कलेजो र किड्नीमा समस्या रहेको भन्दै नेफ्रोकेर नामक औषधी दिएपछि धेरै कुखुरा मरेको मोहमद हासिमले जानकारी दिए । उनले भने, ‘राती कुखुरा मरेपछि डिलरवाला मनोज सिंहलाई ल्याएर देखाएँ, उनले नै कुखरा चिरेर हेरेपछि कलेजो र किड्नीमा समास्या रहेछ । गर्मिका कारणले यस्तो भएको हो । यो औषधी खुवाएपछि ठिक भईहाल्छ भन्दै ‘नेफ्रोकेर’ पठाइदिएका थिए ।’ ‘विहान १० बजेतिर औषधी दिएपछि दुई हजार भन्दा बढी कुखरा मरे । साउन २१ गते सुवाल ह्याचरीको २ हजार पाँच सय चल्ला हालेको बताए । उनले अहिले सम्म एक सय २० बोरा दाना समेत खुवाईसकेको जनाए । चल्ला र दानाको मात्र जोड् दा करिव ६ लाख ५० हजार खर्च भईसको मो. राइनले बताए । उनले औषधी र अन्य खर्च जोड्दा करिव ७ लाख खर्च भईसकेको छ । मरेका कुखुरा २ केजी हाराहारीका थिए ।
यता दाना डिलरका संचालक मनोज सिंहले गर्मिकै कारण कुखरा मरेको बताए । उनले आफूले मरेको कुखरा चिरेर हेरेको स्वीकार गर्दै २४ वर्षको अनुभवको आधारमा कहिलेकाही औषधी पनि सिफासिर गर्ने गरेको जनाए । उनले प्रकृति हेर्दा गर्मीकै कारण मरेको जनाए ।