२५ – भादौ – २०७८ । कुमार चन्दन । गरुडा ।
आज विश्व आत्महत्या रोकथाम दिवस ।
रौतहटको गरुडामा १९ औं विश्व आत्महत्या रोकथाम दिवस विविध कार्यक्रम गरी सम्पन्न भएको छ। ‘कार्यमार्फत आशाको सिर्जना’ भन्ने मूल नारासहित यो कार्यक्रम गरुडा नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ।
आत्महत्या रोकथामको क्षेत्रमा काम गरिरहेको संस्था सिएमसी नेपालको लीला थापाको अनुसार आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा विष सेवन गरेर, आगो लगाएर, झुन्डिएर, औजार हातहतियार प्रयोग गरेर, हाम फालेर, करेन्ट लागेर र डुबेर ७ हजार १ सय ४१ जना, यस्तै प्रदेश २ मा ९ सय ५९ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख भएको बताए । “उनले भने” जिल्लामा समेत प्रत्येक वर्ष आत्महत्याको घटना बढिरहेको भएपनि जिल्लामा एउटा पनि मनोविज्ञान परामर्श चिकित्सक नरहेको प्रति कसैको ध्यानाकर्षण नभएको बताउनुभयो ।
कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय गरुडाको डिएसपी श्रीराम भण्डारीले मोबाइल, टीभी तथा, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालले आफ्नै परिवारका सदस्यहरुसंग समेत दूरी बढाइदिएको बताए। उनले भने” मैले यहा आएको ७० दिनको क्रममा ११ जनाले आत्महत्या गरेको घटना फेला परेको बताउनुभयो ।
यस्तै गरुडा नपाको शिक्षा संयोजक नागेन्द्र रस्तोगीले भगवान माथि आस्था नराख्ने, नास्तिक एवं आफैं माथि विश्वास नहुने, आत्मविश्वासहिनहरुले तथा उनको मनको कुरो, मनोभावना कसैले नबुझिदिने क्रममा आत्महत्या गर्ने गरेको हुन सक्ने बताए ।
गरुडा नगरपालिकाको आयोजन तथा शिक्षा शाखा प्रमुख नागेन्द्र प्रसाद रस्तोगीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षा सह-संयोजक मौजेलाल यादव, इ.प्र.का गरुडाको डिएसपी श्रीराम भण्डारी, सिएमसी नेपालको लीला थापा, स्वास्थ्य शाखाको योगेन्द्र साह, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, महिला, बुद्धिजीवी, भद्राभलादमी, लगायतको उपस्थिति रहेको थियो ।