रमेश कुमार यादब
भदौँ २५,रौतहट
रौतहट जिल्लामा एमसिसि बिरुद्धमा बिरोध बिशाल प्रदर्शन गरेको थियो । रौतहट जिल्लाको उतरीभेगमा पर्ने चन्द्रनिगाहपुरमा शुक्रबार आइटि आर्मी चन्द्रपुर नगर कमिटि र पुर्व प्रदेशसभा सदस्य कुन्दन कुश्वाहाको नेतृत्वमा बिरोध प्रदर्शन गरेको थियो । सो बिरोध प्रदर्शनमा “देश बेच्न पाईदैन , एमसीसी चाहिदैन, राष्ट्रिय स्वाधीनताको रक्षा गर , राष्ट्रघाती एमसीसी फिर्ता गर, राष्ट्रिय एकता जिन्दाबाद ,राष्ट्रघाती एमसीसी मुर्दाबाद, स्वतन्त्रता हनन गर्न पाईदैन ,कठपुतली सरकार चाहिदैन, गो ब्याक एमसीसी, रेजेक्ट एमसीसी ” लगायत विभिन्न नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । सो क्रममा हातहातमा ब्यानर लिएका युवाहरुले एमसिसि कुनै हालतमा लागू हुनु हुदैंन भन्दै सरकारविरुद्ध चर्का नारा लगाएका थिए । गाउँगाउँबाट जम्मा भै चन्द्रनिगाहपुर स्थित गौतम होटेल छेउबाट मुख्य सडक हुँदै बजार परिक्रमा गरेका थिए ।प्रदर्शन पछि चन्द्रनिगाहपुरको मध्यभागको पार्क नजिकै आयोजित कोणसभामा परिणत गरेका थिए ।सो एमसिसि बिरोधमा आईटी आर्मिका जिल्ला अध्यक्ष नरेस साह, गुजरा नगरपालिका का मेयर प्रत्यासी पलट चौधरी , लालबाबु साह र पुर्वप्रदेश सभाका सदस्य कुन्दन कुश्वाहाले सम्बोधन गरेका थिए । सम्बोधन गर्ने क्रममा पुर्व प्रदेश सभाका सदस्य कुश्वाहाले यो सरकारले हाम्रो देशलाई बेच्न लागेको आरोप समेत लगाएका थिए ।एमसिसि लागु भएपछी नेपालको अवस्था अफगानिस्तान जस्तै हुने भएकाले यसलाई रोक्न सबै युवा एकजुट हुनुपर्ने आग्रह समेत गरेका थिए । वहाँले सम्बोधन गर्ने क्रममा भन्नु भयो हाम्रो देशमा रोजगारीको अभावमा बिदेशिएका युवाले रेमिटान्स मार्फत बर्षको ९ सय ६१ अरब ५० करोड रुपैयाँ पठाउने गर्दछन् । तर मात्र ५० अरब रुपैयाँको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासंग देशको अस्मिता बेच्न नपाईने बिधायक कुश्वाहाले बताएका थिए । मुलुकमा एमसिसि कुनै पनि परिस्थितीमा लागु गर्न नहुने प्रदर्शनकारीहरुको माग रहेको छ । एमसिसिमा अमेरिकाको खतरनाक रणनीति लुकेको आइटी आर्मीको दाबी रहेको छ । एमसीसी देशलाई समृद्ध बनाउने नभई इन्डोप्यासिफिक रणनीतिको अंग बनाउने खतरनाक खेल रहेकोले आन्दोलनमा उत्रनु परेको उनीहरुले जिकिर गर्नु भयो । देशका मुख्य राजनीतिक पार्टी कांग्रेस, एमाले र माओवादी केन्द्र लगायतका दलहरु संसदबाट एमसीसी पास गराउन लागि परेको आरोप अइटी आर्मी चन्द्रपुरको आरोप रहेको छ । एमसीसी संसदबाट पास भए नेतृत्वलाई जनताले माफ नगर्ने चेतावनी समेत प्रदर्शनकारीहरुले दिएका छन । अफगानिस्तान जस्ता देशहरु अमेरिकी साम्राज्यवादी षडयन्त्रको शिकार हुँदा भोग्नु परेको पिडा सबैलाई थाहा नै भएको उनीहरुको भनाई छ । एमसीसी जस्तो राष्ट्रघाती परियोजना लागु भए देशले ठुलो मुल्य चुकाउनुपर्ने भएकाले अब रौतहट लगायत मुलुभर आन्दोलन गर्नु पर्ने बताएका छन ।सोही कार्यक्रमको बन्द सत्रमा रौतहटको चर्चित होटल गौतमको सभा हलमा आईटी आर्मीको चन्द्रपुर समितिको गठन गरेको थियो । १०५ जना ब्यतिहरुको नव गठित आईटी आर्मीको अध्यक्षमा झरना आर्चयलाई नियुतm गरिएको थियो ।