जनकपुरधाम । अघिल्लो २४ घण्टामा प्रदेश २ मा १७ जना कोरोना संक्रमित थपिएको छ । १ सय ४० जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा १७ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको हो । प्रादेशिक स्वास्थ्य प्रयोगशाला जनकपुरधाममा बिहीबार ४० जनाको पीसीआर परीक्षण गरिएको हो । सो मध्ये ४ जनामा कोरोना संक्रमण पोजिटिभ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । त्यस्तै प्रादेशिक अस्पतालमा एक जना फलोअप विरामी समेत रहेको छ । स्व.गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा १२ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना संक्रमण फेला परेको हो । त्यस्तै सर्लाहीको मलंगवा अस्पतालको ल्याबमा ७ जनाको पीसीआर परीक्षण गरिएको छ । सो मध्ये पाँच जनामा निगेटिभ आएको र दुई जनामा पोजिटिभ फेला परेको हो । गौर अस्पतालमा २ ९ जनाको पीसीआर परीक्षण गरिएको मध्ये सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सीरहा अस्पतालमा सात जनाको पीसीआर परीक्षण गर्दा सबै निगेटिभ रहेका छन् । कलैया अस्तालको पीसीआर ल्याबमा ७ जनाको परीक्षण गरिएको छ र सो मध्ये एक जनामा कोरोना संक्रमण फेला परेको अस्पताललाई उद्धृत गर्दै निर्देशनालयले जनाएको छ । यता नारायणी अस्पताल वीरगंजमा ३८ जनाको पीसीआर परीक्षण गरिएको मध्ये मात्र एक जनामा पोजिटिभ पुष्टि भएको हो । धनुषाको जनकपुरधामकी १९ वर्षीया एक महिलामा संक्रमण फेला परेको हो भने क्रमशः कमला तथा धनुषाधाम नगरपालिकका २२ तथा २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्रवार संक्रमित भएका मध्ये सिरहाको कल्यानपुर नगरपालिकाका २० वर्षीय पुरुष रहेका छन् । यता सर्लाहीको मलंगवा नगरपालिका तथा रामनगर गाँउपालिका का क्रमशः एक एक जना महिला र पुरुषमा संक्रमण पुष्टि भएको हो । त्यसै गरि सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका तथा शम्भुनाथ नगरपालिकाको ४१ र ३६ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पोजिटिभ देखिएको हो । त्यस्तै रौतहटको दुर्गाभवानी गाउँपालिका , मौलापुर नगरपालिका , चन्द्रपुर नगरपालिका तथा गरुडा नगरपालिकाका एक एक जना गरि पाँच जना संक्रमित भएका छन् । यता कलैया नगरपालिका तथा पचरौता नगरपालिकाका एक एक जना गरि दुई जना पुरुषमा कोरोना पोजिटिभ पुष्टि भएको निर्देशनालयले जनाएको छ । शुक्रबार जाँच भएका विरामीहरुको अवस्था सामान्य रहेको र उनीहरु आईसोलेशनमा रहि उपचारार्थ रहेका छन् । यता हाल सम्म प्रदेश २ भर कोरोना संक्रमणकै कारण मृत्यु हुनेहरुको संख्या १ हजार ३४ छ । नेपालमा शुक्रबार २१ जनाको मृत्यु भएको छ र यो संगै देशभर कोरोनाको कारण मृत्यु हुनेहरुको संख्या १० हजार ९ सय २४ पुगेको छ । नेपालमा शुक्रबार थप एक हजार १ सय ४६ जनामा कोरोना भाईरसको संक्रमण रहेको देखिएको छ । स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार गएको २४ घण्टामा एक हजार १ सय ४६ जनामा संक्रमणको पुष्टि भएको हो । देशभर १० हजार ९ सय ९६ जनाको पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा एक हजार १ सय ४६ संक्रमित थप फेला परेका हुन् ।
२४ घण्टामा एक हजार ६६० जना संक्रमित कोरोना जितेर घर फर्केका छन । त्यस्तै शुक्रबार सम्म २७ हजार ९ सय ५८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाण्डुले जनाएको छ ।