मानव बेचबिखनको आरोपमा दुई महिला प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २६, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
मानव बेचबिखनको आरोपमा दुई महिला प्रहरी नियन्त्रणमा

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ ।

१६ र १९ वर्षका दुई युवतीलाई भारततर्फ बेचबिखनको लागि लानेक्रममा प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा नगरपालिका ३ चोहर्वाबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढीमाई नपा १ बाखैरकी ३५ वर्षीय उषा देवी मलाह छन् । उनीहरूले ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने भनी बोलाएको प्रहरीको भनाइ छ । लहान आइसकेपछि यहाँभन्दा अझ राम्रो काम जनकपुरमा पाइन्छ भन्दै ल्याएका उनीहरूलाई चोहर्वामा नै ओरालेर माडरतर्फ लान ठिक पारेको बेला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दुवै जनामाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेको डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिएको छ । प्रहरीका अनुसार  यस कार्यमा संलग्न अन्य अभियुक्तहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस