कोरोनाबाट दैनिक संक्रमितको संख्या हजार भन्दा कम

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २६, शनिबार (४ साल अघि)
  • ४ पटक पढिएको
कोरोनाबाट दैनिक संक्रमितको संख्या हजार भन्दा कम

२६ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ र संक्रमणमुक्त हुनेको संख्या १३६८ रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस