आरएन पटेल । बंकुल । भदौ २६ गते
रौतहटको बौधिमाई नगरपालिकामा शनिबारका दिन नगर स्तरीय योजना छनौट कार्यक्रम सम्पन्न भएको छ। बौद्धिमाई नगरपालिकाको नगर प्रमुख युवा मेयर राजीव रंजन यादव उर्फ राजू यादवको संयोजकत्वमा न.पा. भरि वड़ा न.१ अजगैबी देखि वड़ा नं. ९ सरमुजवा सम्मको विभिन्न नगर स्तरिय योजनाहरु छनौट भएका छन ।
नगर प्रमुख यादवको निवास स्थान बौधिमाई नपाको वड़ा नं. ४ इनरवारीमा एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख यादवले वड़ा नं. १ देखी ९ सम्मका नेता कार्यकर्ता बोलाई विभिन्न नगर स्तरीय योजनाहरु छनौट गरेका हुन । नगर भरिका जनसमुदायले सोचेका तथा अपेक्षा राखेका विभिन्न बिकास निर्माणका कार्यहरु गर्ने उद्देश्य लिई योजना छनौट कार्य सम्पन्न भएको वहाले बताउनु भयो । बिगतका दिनमा आफुले गरेका विभिन्न बिकास निर्माणका कार्यहरुबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लाभ उठाउने जनताले आगामी दिनमा पनि समग्रको चाहना अनुसारको बिकास निर्माणको कार्य होस र यसले समग्र नगरबासीमा खुशियाली आउने वहाले बिश्वाश व्यक्त गरेका हुन ।
कार्यक्रममा बौद्धिमाई नगरपालिकाका नगर उप प्रमुख प्रेमलता कुशवाहा, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामेश्वर राय यादव, वडा नम्बर ४ इनरबारीका वडा अध्यक्ष देव नारायण प्रसाद जयसवाल, वडा नम्बर ६ पिपरियाका वडा अध्यक्ष हृदय नारायण राय यादव, वडा नम्बर २ का वडा प्रत्यासी नवल किशोर प्रसाद पटेल , वडा नम्बर ३ का वडा प्रत्यासी मणिभूषण प्र. साह लगायत वडा नम्बर १ देखि ९ सम्मका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।