सबैलाका एमाले पिलर मानिने नेता स्व.यादवकी पत्नी राजनितिमा आउने, सांसदमा प्रत्यक्ष चुनाव लडने घोषणा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ भाद्र २७, आईतबार (४ साल अघि)
  • ४ पटक पढिएको
सबैलाका एमाले पिलर मानिने नेता स्व.यादवकी पत्नी राजनितिमा आउने, सांसदमा प्रत्यक्ष चुनाव लडने घोषणा

जनकपुरधाम । धनुषा सबैला स्थित माँ दुर्गा भवानी मेलाको विधिवत रुपमा शुभारम्भ भएको छ । प्रत्येक वर्ष जस्तै विजया दशमीमा लाग्ने भब्य मेलाको विधी अनुसार शनिवार विशेष विधीपुर्वक पासकटि गरि सबैलाको माँ दुर्गा मन्दिर अगाडि ध्वजा गाडिएको छ ।

श्री श्री १०८ श्री माँ दुर्गा भवानी प्रतिष्ठान सबैलाको आयोजनामा सबैला बजारमा लाग्ने मेला चर्चित रहेको बताएको छ । अष्टमी देखि दशमी सम्म बोकाबली प्रदान हुने, घटस्थापना देखिनै मेला सुरु भई सप्तमी देखि एकादशी सम्म मेला लाग्ने भएकाले सवैलाको मेला प्रसिद्व रहेको एमालेका स्व. नेता योगनारायण यादवकी पत्नी सविता यादवले बताए ।

एमालेका स्व. नेता योगनारायण यादवकी पत्नी सविता यादवले आफु सक्रिय राजनितिमा लाग्ने बताएकी छन् । कोरोना संक्रमणबाट एमाले नेता याेगनरायन यादवको निधन भएपछि धनुषाको क्षेत्र नं. १ मा एमालेको नेतृत्व कस्ले गर्ने भन्ने चर्चा परिचर्चाका बिचमा स्व. यादवकी धर्मपत्नी सबिताले स्व. यादवको वाँकी सपनाहरु पुरा गर्न स्वयम सक्षम रहेको भन्दै प्रत्यक्ष राजनितिमा आउने बताएकी छन् ।

कुन किशिमले राजनितिमा आउनु हुन्छ भन्ने प्र्रश्नमा उनले आफु प्रतिनिधीसभा सांसदमा प्रत्यक्ष चुनाव लडने बताइन् । स्व. यादव जातपात, नाता र कृपाबादको राजनिति भन्दा सवै वर्ग र समुदायलाई संगै लिएर अगाडि बढने प्रण गरेकाले त्यसलाई अगाडि बढाउन आफु पार्टी र नेता कार्यक्रताको अलिकती पनि भावना विपरित नजाने प्रतिवद्वता व्यक्त गरेकी छन ।

आफु काठमाण्डौं रहँदा धनुषा सम्पर्क मञ्चको सदस्य र सचिव भएर काम गरेको तथा गत १५ वर्ष देखि निरन्तर जिल्ला सदस्य रहेकाले पार्टीमा आफु नयाँ नभएको पनि उनले स्पष्ट गरेकी छन् ।

नेता योग नारायणको निधन पछि धनुषा क्षेत्र नं. १ मा एमालेबाट प्रतिनिधीसभा सदस्यमा रामचन्द्र मण्डल, किशोरी साह कमलको चर्चाका बिच उनी सांसदमा लडने बताएकी छन भने वर्तमान एमाले सांसद तथा पुर्व मन्त्री जुली महतो पनि सोहि क्षेत्रमा आउन सक्ने चर्चाहरु सुनिन थालेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस