जनकपुरधाम। धनुषा जिल्लाकाे सबैला स्थित माँ दुर्गा भवानी मेलाको बसकट्टी विधिवत रुपमा शुभारम्भ भएको छ ।
प्रत्येक वर्ष जस्तै विजया दशमीमा लाग्ने भब्य मेलाको विधी अनुसार शनिवार विशेष विधीपुर्वक सबैलाको माँ दुर्गा मन्दिर अगाडि पहिलो चलन अनुसार ध्वजा गाडिएको छ ।
नजिकैको फुलवारीमा साधुसन्त र पुरोहित सहित श्री श्री १०८ माँ दुर्गा भवानी प्रतिष्ठान सबैलाका सचिव नथुनी यादव (हरेराम) को अगुवाईमा विधिपुर्वक बसकट्टी विधि गरि मन्दिरको अगाडि ध्वजा स्थापित गरिएको हो ।
धनुषा सहित यस क्षेत्रमै प्रसिद्व र ठुलो मानिने गरेको छ ।
श्री श्री १०८ माँ दुर्गा भवानी प्रतिष्ठान सवैलाको आयोजनामा सबैला बजारमा लाग्ने मेला चर्चित रहेको छ । अष्टमी देखि दशमी सम्म बोकाबली प्रदान हुने, घटस्थापना देखिनै मेला सुरु भई सप्तमी देखि एकादशी सम्म मेला लाग्ने भएकाले सबैलाको मेला प्रसिद्व रहेको यादवले बताए ।
सबैलामा माँ दुर्गालाई पुजा पाठ र भाकल गरे मनोकामना अवयश्क पुरा हुने श्रद्धा र विश्वास व्याप्त रहेको र घटस्थापना देखिको पुजापाठ र मेला मात्र नभई एकादशीका दिन भसौनी कार्यक्रममा भारत सहित लाखौंको दर्शक भिडभाड समेत मेलाको थप आकर्षण बढाउने गरेको आयोजक प्रतिष्ठानका सचिव नथुनि यादव (हरेराम)को भनाई छ ।
ध्वजा स्थापित भएसंगै मेलाको विधिवत तयारी सुरु भएको प्रतिष्ठानका अध्यक्ष विरेन्द्र नायकको भनाई छ । मेलामा पहलमानी तथा अन्य खेलकुद सहितका गतिविधीले पनि रोचकता बढाएको हुन्छ ।
सबैला नगरपालिकाका मेयर बिजय शंकरप्रसाद साहले नव श्री श्री १०८ श्री मा दुर्गा भवानी नव निर्माणका लागि पचास लाख रुपैया दिएको बताए धनुषा सबैला नगरपालिका वडा नम्बर १,२,३, वडा अध्यक्षले मन्दिर निर्माणका लागी तीन लाख रुपैया सहयोग गरेको बताएकाे छ भने १० वटा वडा अध्यक्षले दुई लाख रुपैया सहयोग गरिने मायुनिट सहित तयार पारिएको हाे । पल