रमेश कुमार यादब
भदौँ २७,रौतहट
बाराबाट प्रहरीले जाली नोटको कारोबारमा संलग्न रहेको आरोपमा रौतहटको एक जना लगायत अन्य ठाउँको चार जनालाई पक्राउ गरेको छ । रौतहटबाट नकली जाली नोटको कारोबारीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको गुजरा नगरपालिका–३ बलुवा टोल बस्ने २४ बर्षीय सुनिल कुमार राम, ३६ वर्षीय रबिन्द्र कुमार चौधरी, बारा करैयामाई गाउँपालिका–५ का ३६ वर्षीय विशेश्वरप्रसाद चौधरी, बारा कलैया उपमहानगरपालिका–९ रामपुर टोल बस्ने २४ बर्षीय सागर शुक्ला र कलैया उपमहानगरपालि–९ टेङरहर टोल घर भई हाल बारा बिश्रामपुर गाउँपालिका–५ ईटियाही टोल बस्ने २५ वर्षीय राजु कुशवाह रहेका छन् ।
तारा इन होटलमा कोठा भाडा लिइ केही दिनदेखि नेपाली नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नक्कली नेपाली रूपैयाँ १ हजार दरका २५ थान नोट, बा ९१ प ७४३५ नम्बरको मोकरसाईकल र बा १४ च ९३८२ नम्बरको स्कारपियो गाडी समेत बरामद गरेको छ ।यस्तै ईलाका प्रहरी कार्यालय बिजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी सुनिल रामको घरमा तत्काल खानतलासी गर्दा नेपाली रूपैयाँ १ हजार दरको नोट आकारको प्रतिगड्डी १०० थान भएको जम्मा ९३ गड्डी कागज, नेपाली रूपैयाँ १ हजार दरको नोट ३९ थान र बि आर ०५ क्यु ४६१० नम्बरको सुपर स्पलेण्डर मोटरसाइकल र प्रदेश २–०३–००१ प ४२६५ नं.को २२० सिसि पल्सर मोटरसाइकल बरामद गरिएको प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए छन । पक्राउ परेका उनीहरुलाई मुद्रा सम्बन्धी कसूर मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद थपेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।