रमेश कुमार यादब
भदौँ २७,रौतहट
रोतहटको किसानहरुको समस्या समाधान गर्न किसान मोर्चाले आईतबार जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानहरुले राखेका बुँदागत माँगहरु पुरा गर्न जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा सो ज्ञापन पत्र बुझाइएको हो ।किसानहरुका तर्फबाट प्रदेश २ का निवर्तमान सांसद कुन्दन कुशवाहाले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी बसन्त भट्राईलाई सो पत्र बुझाएका हुन । ज्ञापन पत्र मार्फत युरिया मल तुरुन्त उपलब्ध गराउ,किसानलाई पेन्सनको ब्यवस्था गÞर,कृषि बिमा लागु गर, पर्याप्त कृषि ऋण उपलब्ध गराउ र टेक्टरमा लाग्ने सम्पूर्ण कर खारेज गÞर भन्ने जस्ता मागहरु राखेका छन । किसानहरुको समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै बुधबार किसानहरुले रौतहटमा प्रदर्शन गरेका थिए ।नेपाल कृषि प्रधान देश रहेको र ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहे पनि सरकारको कुनियतको कारण कृषि पेशा तथा कृषकहरु मर्कामा परेको तथा अहिलेको आधुनिक युगमा विश्व बजारको तुलना गर्न सरकारले मलखाद दिन नसकेको किसानहरुको आरोप छ ।सरकारले किसानको समस्याको कुनै वास्ता नगरेको भन्दै रौतहटमा बुधबार हजारौ ट्याक्टरसहित किसानहरु सडकमा उत्रिएका थिए । धानबालिको बेला बजारमा मलको चरम अभाव खेपिरहेका किसानहरुले कृषि सामग्रीको अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका थिए ।रौतहटका बजारहरुमा यूरिया मलको अभाव भए पछि भारतीय बजारहरुबाट खेतिका लागी मलखाद ल्याउदा सिमानामा सुरक्षाकर्मीले खोसे पछि खेती गर्न समस्या भएको किसानको गुनासो छ ।समयमा पानी नपर्ने, बालि लगाएपछि बाढी आउने, बालि हुर्कने बेला मलखाद नपाउने, बैंकले किसानलाई ऋृणमा झन्झट गर्ने तथा कृषियन्त्रहरु समेत महङ्गोमा खरिद गर्नु पर्ने अवश्थाकै कारण कयौं किसानहरुले बिस्तारै पेशा परिवर्तन गर्न थालेका छन । यदि हाम्रो माग छिटो भन्दा छिटो सरकारले पु।रा गरेन भने यो भन्दा अझै ठुलो आनदोलन गर्ने सरकारलाई चेतावनी समेत दिएका छन ।